काठमाडौं । पुष २५ गते
इन्टेरियर डिजाइनलाई विकासको क्षेत्रमा प्रयोग गर्न सरकारले पाइला चाल्ने सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रतिवद्धता जनाउनु भएको छ । काठमाडौंमा आयोजित इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) को वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री झाँक्रीले इन्टेरियरको क्षेत्र सँधै ओझेलमा पर्दै आएकाले यसको प्रयोग विकासको क्षेत्रमा गर्नुपर्नेमा जोड दिनु भएको हो ।

कार्यक्रममा आइडिया नेपालका अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनको क्षेत्रको विकास र यससँग सम्बन्धित इन्टेरियर डिजाइनरहरुको उत्थान र प्रगतिको निम्ति लागि पर्ने बताउनु भएको थियो । अध्यक्ष कक्षपतिले इन्टेरियर डिजाइन प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली, सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको उत्पादनसँग सम्बन्धित बिषय बस्तु भएको हुनाले सरकारले पनि नीति नियम बनाउदा इन्टेरियरलाई पनि समावेश गर्न आग्रह गनु भएको थियो ।