काठमाडौं । फागुन २२ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने योग रहेको छ भने साथीभाइबाट बढी फाइदा लिने समय रहेको छ भने दानपुण्यका कार्यमा सहभागी भइनेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ने तथा प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनुका साथै विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज नयाँ व्यक्तिसँग भेटघाट हुने योग रहेको छ भने मन पर्ने व्यक्तिसँग भेटघाट हुनुका साथै व्यापारमा मनग्ये धनलाभ हुने तथा श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहने योग रहेको छ भने उन्नति एवं प्रगतिको वातावरण बन्नुका साथै वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने र रोकिएको धन पनि हात पर्नुका साथै शुभकार्यको चर्चा चल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग पनि प्राप्त हुनेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज विपरीत वर्ग प्रति आकर्षण बढ्ने योग रहेको छ भने रचनात्मक काममा जुट्ने तथा वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने पार्टी तथा सेमिनारमा सहभागी भइनुका साथै परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने तथा प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज दिनको सुरुमा केही कठिन परिस्थितिको सामना गर्नुपरे पनि मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउने योग रहेको छ भने शिक्षामा पनि राम्रो नतिजा पाइनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने तथा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नयाँ काम सुरु गर्ने समय आएको छ भने विशिष्ट व्यक्तिको साथ पाइने तथा राजनैतिक र समाजसेवामा सफलता मिल्नुका साथै शुभयात्राको योजना बन्नेछ ।