×

Vajra NTV

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । फागुन २८ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज चिताएको कामले तीव्रता लिने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनुका साथै शुभ समाचार पनि सुन्नमा आउला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने योग रहेको छ भने विश्वास गरेकाले साथ दिने तथा धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज लगनशीलताले कामहरू सहजै अगाडि बढ्ने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मानसिक चिन्ता बढ्ने योग रहेको छ भने गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुने तथा यात्रामा मालसामान हराउन सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुने योग रहेको छ भने प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुने तथा अधुरा कार्यहरू पुरा हुनसक्छन् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने योग रहेको छ भने मनमा उत्साहका साथै बोली बिक्ने तथा व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने आफन्तको सहयोग प्राप्त हुने तथा व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आफूलाई कमजोर भएको अनुभूति हुनुका साथै आत्मबल बढाएर काम गरेमा असफल नभईने र मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग रहेको छ भने साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनुका साथै सोचेका काम पूरा हुनेछन् ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,ग्
िआज स्थान परिवर्तनका विशेष योग रहेको छ भने रोकिएको धन हात पर्ने तथा मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज स्वादिष्ट भोजन पाइने योग रहेको छ भने वैदेशिक क्षेत्रको काम अघि बढ्ने तथा शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने योग रहेको छ भने नयाँ तथा शुभ समाचार सुन्न पाइएला ।


More

View All

News

Health

Sports