×

Vajra NTV

कस्तो रहला तपाईको दिन ?


काठमाडौं फागुन ३० गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै आफन्तको सहयोग प्राप्त हुने तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नुका साथै धार्मिक यात्राको योग पनि छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज वैदेशिक कार्य अघि बढ्ने योग रहेको छ भने कला र गलाको प्रभाव बढ्नुका साथै शुभ समाचार सुन्न पाइने तथा ब्यापार व्यवसायबाट आम्दानी पनि हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज कुनै समाचारले मनमा शान्ति छाउने योग रहेको छ भने नजिकको मित्रसँग भेटघाट हुनुका साथै चिन्ता छाडेर चिन्तन गर्ने तथा शत्रु पनि क्षय होलान् ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज लाभदायक यात्रा हुने योग रहेको छ भने बिना प्रतिस्पर्धा फाइदा हुने तथा परिवार सँग रमाइलो भेटघाट हुनुका साथै रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा निराशा र शरीरमा आलस्य आउने योग रहेको छ भने कार्यमा बाधा आउने तथा अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यवसायमा मन्दी आउनसक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने राजनीतिक कार्यमा सफलता मिल्ने तथा जोशजाँगर र हिम्मत बढ्नुका साथै प्रेमीको सहयोग पनि पाइनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभारम्भको चर्चा चल्ने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै रोजगारको अवसर पनि मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज जोशजाँगर र हिम्मत बढ्ने योग रहेको छ भने सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनुका साथै एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सानातिना समस्यामा अल्झनुपर्ने योग रहेको छ भने स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु उचित हुने तथा काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने बुद्धिको उपयोगले जटिल कामसमेत सम्पादन हुन सक्छ, तर लत्ता कपडामा खर्च बढ्न सक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज चिताएको कामले तीव्रता लिने योग रहेको छ भने आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने तथा आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अतिथिको रूपमा सत्कार पाइन सकिने योग रहेको छ भने भौतिक साधन जुटाउने समय छ र व्यवसायको सन्दर्भमा रमाइलो यात्रा पनि रहला ।


More

View All

News

Health

Sports