×

Vajra NTV

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत १ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज न्यायिक कार्यमा सफलता मिल्ने योग रहेको छ भने धार्मिक तथा समाज सेवामा मन लाग्नेछ, तर लत्ता कपडामा बढी धन खर्च पनि हुनसक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
नयाँ कमको थालनी हुने योग रहेको छ भने धार्मिक यात्राको योग छ भने अचल सम्पत्ति हात पर्नुका साथै सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज दाम्पत्य सुखले प्रफुल्लित भइने योग रहेको छ भने अधुरो काम पूरा हुने तथा वैदेशिक कार्य अघि बढ्नुका साथै व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज प्रेम र मित्रताको बन्धन कसिने योग रहेको छ भने नयाँ कार्यको योजना बन्ने तथा कार्य सम्पादनमा सहजता मिल्नुका साथै दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज महत्त्वपूर्ण अवसर गुम्न सक्ने योग रहेको छ भने मन कमजोर रहने र मनमा गलत विचारमा पनि आउन सक्छ, सचेत रहनुहोला, तर नयाँ कमको योजना बन्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कुनै समाचारले मनमा शान्ति छाउने योग रहेको छ भने काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा बौद्धिक काममा सफलता पनि मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने नयाँ सवारी साधन प्राप्ति हुनुका साथै राजनैतिक कार्यमा सफलता मिल्ने तथा विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै ठीक समयमा सही निर्णय लिन सकिने तथा बोलीको प्रभाव पनि बढ्ने योग रहेको छ भने शुभकार्यको चर्चा चल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने महत्त्वपूर्ण अवसर गुम्ने घर परिवारमा झैझमेलाको अवस्था आउला, तर यात्रा फलदायी हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्ने तथा धार्मिक कार्य सफल रहनेछ र प्रेम सम्बन्ध पनि कसिलो होला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आतिथ्यपूर्ण सम्मान पाइनुका साथै वैदेशिक कार्य अघि बढ्ने तथा तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन तर यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आम्दानी प्रशस्तै बढ्ने योग रहेको छ भने प्रेम र दाम्पत्य जीवन सुखमय हुने तथा आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । शेयर बजारले पनि साथ दिनेछ ।


More

View All

News

Health

Sports