×

Vajra NTV

कोशी सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्चले आज पनि सुनुवाइ गर्ने


काठमाडौं, ११ साउन । कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्चले आज पनि सुनुवाइ गर्ने भएको छ। न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ।

रिटमाथि पक्ष र विपक्ष दुबैतर्फका वकिलहरूको बहस बुधबार नै सक्किएको छ। बुधबार बहस सकिएपछि आजका लागि पेशी तोकिएको छ। आज बस्ने इजलासले आदेशबारे पनि निर्णय गर्नेछ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।प्रदेशमा थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको विरूद्ध एमाले सर्वोच्च पुगेको हो।


More

View All

News

Health

Sports