×

Vajra NTV

पेट्रोल–डिजेलको भाउ बढ्यो, ग्यासको घट्यो


काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको छ।

निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा भने प्रतिसिलिन्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको छ।हवाई इन्धनको भाउ भने यथावत छ।


More

View All

News

Health

Sports