×

Vajra NTV

जब ३० बर्ष पछाडी सरोज खनालले भेटे ‘सान्नानी’


काठमाडौं, ७ साउन । अभिनेता तथा निर्देशक खनालले ३० बर्ष पछाडी सान्नानी भेटेका छन् । आफुले पहिलो पटक निर्देशन गरेको ‘बगान’ चलचित्रको प्रमोशनका लागि दौडधुपमा रहेका अभिनेता खनालले २०५० सालमा निमार्ण भएको ‘सान्नानी’को नायिकालाई हिजो भेटेका हुन ।

सो फिल्ममा खनाल हिरोको भुमिका हुदाँ ‘सान्नानी’ मेघा पोखरेल भने हिरोइनको भुमिकामा थिइन । तर, सो फिल्म पछि ‘सान्नानी’ कतै पनि देखा परिनन, खनालका अनुसार उनी लगभग गुमनाम जस्तै भएकी थिइन् । तर, आज उनै नायिका पोखरेलले ‘मलाई चिन्नुभयो रु’ भन्दै आए पछि आफु एकछिन अक्क न बक्क परेको समेत खनालले सुनाएका छन् । अनि उनले सामाजिक सञ्जालमा लेखे, ‘२०५० साल तिर हराएकी सान्नानी आज बगानमा भेट्टिन’

खनालले सो भेट पछि लेखेका छन, ‘उनले अभिनय गरेका २ चलचित्र ‘सोल्टिनी’ र ‘सान्नानी’ जुन तेति बेला दर्शकले अत्यधिक मनपराउनु भएको सुपरहिट चलचित्र थियो, सान्नानीमा म उनको नायक थिए, यी दुबै चलचित्र चल्नुको कारण उनको अभिनय थियो, सबै निर्माता र निर्देशक उनलाई आफ्नो फिल्ममा लिन लालायित थिए, तर सान्नानी खेलेपछि उनी एकाएक चलचित्र क्षेत्रबाट हराइन, उनको धेरै खोजी भयो तर न उनलाई कसैले भेटे न उनी फर्केर आइन् ।’

उनले नायिका पोखरेललाई भेट पछि भावुक हुदैँ अगाडी लेखेका छन, ‘आज ९शनिवार० सिभिल मलमा बगान हेर्न आउनु भएका दर्शकलाई भेटन जादा फोटो खिच्न आउनु हुने दर्शकको भिडबाट ‘मलाई चिन्नु हुन्छ रु’ भन्दै उनी म तिर आइन्, मैले झट्ट उनलाई चिन्न सकिन किनकी ३० वर्षमा उनीमा धेरै परिवर्तन आइसकेको थियो , तर जब उनी हाँसिन मैले उनलाई चिने, ३० वर्षपछि पनि सान्ननीको हासो उस्तै थियो, सान्नानी र सोल्टिनी अर्थात नायिका मेघा पोखरेल ।’


More

View All

News

Health

Sports