काठमाडौं । मंसिर २३ गते
च्याम्पियन्स लिगको समूह चरणबाट स्पेनिस क्लब बार्सिलोना बाहिरिएको छ। बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को हारसँगै बार्सिलोना बाहिरिएको हो।

उसलाई अघिल्लो चरणमा पुग्न जित्नैपर्ने दवबाब थियो। समुहकै अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो।बर्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिएको हो। यसअघि सन् २०००÷०१ सिजनमा बार्सिलोना समूह चरणबाट नै बाहिरिएको थियो।