×

Vajra NTV

 ललितपुरको प्युटारमा बौद्ध धर्म तथा दर्शनको विराट् धर्मदेशना कार्यक्रम भव्य र ऐतिहासिक ढंगले सम्पन्न काठमाडौं ।


ललितपुरको बागमती गाउँपालिका–४, प्युटार थाङसिङटारमा बौद्ध धर्म तथा दर्शनको विराट् धर्मदेशना कार्यक्रम भव्य र ऐतिहासिक ढंगले सम्पन्न भएको छ ।

बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्र तथा तामाङ समाज प्युटार थाङसिङटारको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सद्धर्म, शान्ति र आध्यात्मिक चेतनाको उज्यालो सम्पूर्ण क्षेत्रमा फैलाएको छ । कार्यक्रममा बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रका संस्थापक अध्यक्ष तथा संरक्षक श्रद्धेय धर्मगुरु जेचुन सङ्ग्ये खाण्डो रिन्पोछे ज्यूको दिव्य उपस्थिति रहेबो थियो । उहाँको गहन उपदेशले वातावरणलाई पवित्र र शान्तिमय बनाउँदै करुणा, धैर्य, नैतिकता, मैत्रीभाव र मन–शुद्धीकरण सम्बन्धी जीवन–परिवर्तनकारी मार्गदर्शन प्रदान गरेको छ । रिन्पोछेको मार्गदर्शनमा सम्पन्न पञ्चशील शिक्षा ग्रहण कार्यक्रममा उपस्थित भक्तजनहरूले अहिंसा, सत्य, सदाचार, अनुशासन र नशा–त्याग जस्ता जीवन मूल्य अपनाउने प्रतिबद्धता व्यक्त गरे ।

सहभागीहरूले यस क्षणलाई मन–शुद्धिको विशेष अनुभवका रूपमा व्याख्या गरेका छन् । कार्यक्रममा आयोजकले प्राप्त भव्य सफलताको श्रेय स्थानीय समुदाय, संस्था, स्वयंसेवक तथा भक्तजनहरूको सक्रिय सहयोगलाई दिँदै सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । उनका अनुसार यो कार्यक्रम केवल धर्मदेशना मात्र नभई समुदायिक एकता, आध्यात्मिक चेतना र सदाचारप्रतिको सामूहिक प्रतिबद्धताको प्रतिक बनेको छ । बिहानैदेखि भजन, सांस्कृतिक प्रस्तुतिहरू र भक्तजनहरूको अनुशासित सहभागिताले वातावरणलाई अझ भव्य बनायो । विश्वशान्ति, जीवन–कल्याण र आध्यात्मिक उन्नतिका लागि गरिएको सामूहिक शान्तिपाठले सम्पूर्ण क्षेत्रलाई दिव्य ऊर्जा प्रदान गर्यो ।

भक्तजनहरूले रिन्पोछे ज्यूबाट आशीर्वाद ग्रहण गर्दै जीवन तथा परिवारको मंगलकामना गरे । कार्यक्रमका मूल व्यवस्थापक बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रकी सदस्य विमला लामा९सङ्ग्ये पल्मो०ज्यू र थुब्तेन जिम्बा हुनुहुन्थ्यो । सम्पूर्ण प्युटार थाङसिङटारवासीहरूका सक्रिय सहयोगले यस ऐतिहासिक कार्यक्रमलाई अझ उत्कृष्ट, भव्य र सफल बनाउन निर्णायक भूमिका निर्वाह गर्यो ।

अन्त्यमा आयोजकहरूले संयुक्त रूपमा सन्देश जारी गर्दै भने— “सद्धर्म सुनेर मन स्वच्छ बनाऔँ, सदाचार अपनाएर जीवन अर्थपूर्ण बनाऔँ, र सद्धर्मको प्रकाश समुदाय–समुदायमा फैलाउँदै जाऔँ।”

 

भिडियो हेर्नुहोस


More

View All

News

Health

Sports