×

Vajra NTV

तामाङ समाज नेपालको ललितपुरमा पनि शाखा विस्तार (जिल्ला कार्य समितिको नामावली/ तस्बिर सहित)


तामाङ समाज नेपालको ललितपुरमा पनि शाखा विस्तार (जिल्ला कार्य समितिको नामावली सहित)


काठमाडौं । तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण भन्ने मूल नाराका साथ सन् २००५ मा कतारमा स्थापित तामाङ समाजको पूर्ण स्वरुप दिँदै वि.स. २०७६ सालमा काठमाडौंमा स्थापना भई विभिन्न सामाजिक कार्य गर्दै आईरहेको तामाङ समाज नेपालको ललितपुरमा पनि शाखा विस्तार भएको छ। तामाङ समाज नेपालको ललितपुरको पहिलो भेलाबाट १३ सदसिय कार्यसमिति चयन गरिएको छ । त्यस्तै अन्य धेरै जनाले जिल्ला सदस्यता लिएका छन् ।
/>ह्योञ्जन हर्बल चिया पिउनुहोस सधै स्वस्थ रहनुहोस ।।

उक्त कार्यक्रममा तामाङ समाज नेपाल केन्द्रको कोषाध्यक्ष सोनी लुङ्बा तामाङले जुनसुकै कार्यक्रममा महिला सहभागिता कम भएको र अबको दिनहरुमा महिला सहभागिता बढाउनु पर्ने बताइन् । उनले तामाङ महिलाहरु पनि सक्षम छन् , घास , दाउरा , र घरायसी काममा मात्रै सिमित नहुनु भन्दै नवकार्य समितिलाई बधाई समेत दिएकी छन् ।

शुभकामना दिने क्रममा विगतको दिहरु सम्झिदै तामाङ समाज कतारदेखि तामाङ समाज नेपाल सम्मको यात्रा स्मरण गर्दै तामाङ समाज नेपाल केन्द्रका उपाध्यक्ष अशोक सिङ्तान तामाङले भने, ‘हामीले तामाङ समाजमा धेरै परिवर्तन गर्नु, गराउनु छ। तामाङ समाजको लागि कुनै पनि समय हाजिर हुँदै सामाजिक कार्यमा तत्पर लागि पर्ने प्रतिवद्धता जनाएक छन् ।’

त्यस्ले छिमेकी मार्टका अध्यक्ष नर बहादुर तामाङले आफ्नो भनाई राख्दै भने, ‘यसरी एक जुट हुदै गएमा हामी तामाङ हरेक कार्यमा सबल हुन सक्छौ। बिशेष त् हामी तामाङहरुको आर्थिक अवश्थ कम्जोर रहेको पाईएको छ यदि यसरी नै सामाजिक, आर्थिक, राजनैतिक कार्यहरुमा एकजुट हुदै गएमा छिटै नै सफलता मिल्ने बताउनु भयो।’

प्रकाश थिङले संचालन गरेको उक्त कार्यक्रममा विशेष अथिति महिला विकास संघको अध्यक्ष रमिला योञ्जनले हरेक सामाजिक संघ सस्था राजनीति करण भैरहेको अवस्थामा पनि आफ्नो धारमा नछोडेको सस्थाको कार्यक्रममा उपास्ति हुन पाउदा गर्व महशुस गर्दै तामाङ समाज नेपाल ललितपुरका नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई दिएको छ।

त्यसैगरी प्रमुख अतिथि एवं तामाङ समाज नेपाल केन्द्रका अध्यक्ष कमल योञ्जन तामाङले यसरी नै नेपालको हरेक जिल्ला जिल्लामा रहेको तामाङहरु, लामा, ताम्बा, बोन्बो, गान्बा, कलाकार, खेलाडी, वुद्धिजीवी, कवि, देश तथा बिदेशमा रहेको सम्पूर्ण तामाङहरु, तामाङ संघ संगठनहरु तामाङ समाज नेपालमा जोडिन आग्रह गर्दै कार्यकाल सफलताको शुभकामान दिएका थिए ।

उक्त कार्यक्रममा बोल्दै तामाङ समाज नेपाल ललितपुरका अध्यक्ष सन्जिब सिङ्ग तामाङ्गले भने ‘तामाङ समाज नेपाल ललितपुर म विश्वको कुनै पनि देशमा बसेको थियो भने म पहिला नेपाली भनेर चिनाउथे तर म अहिले नेपाल मा बसेको छु, नेपाली भन्दा पनि म तामाङ भनेर चिनाउँछु अनि तामाङ भित्र पनि १४५ थर छन्, म मेरो स्वागे भाइहरुलाई प्रथामिकता दिन्छु त्यसैले आफ्नो पहिचानलाइ सम्जिन्छु त्यसैले मेरो देशभित्र तामाङ पहिचान बनाउँन चाहन्छु म र हरेक तामाङको आर्थिक, शैशिक परिवर्तन चाहन्छु र माया प्रेम लाग्छ मलाई ।’

उनले तामाङ समाज नेपालको विधानमा रहेर यसको उदेश्य प्राप्ति र लक्ष पुरा गर्न का निमित्त दक्षिण ललितपुरमा बसोबास गर्ने ८० प्रतिशत भन्दा बढी तामाङहरुको ढुकढुकी बनेर तामाङ समाज नेपाल ललितपुर, हरेक तामाङ्गहरुको बस्ति बस्तीमा छिटै पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रम्म समापन गरेका थिए ।
ह्योञ्जन हर्बल चिया पिउनुहोस सधै स्वस्थ रहनुहोस ।।

तामाङ समाज नेपाल ललितपुर जिल्ला कार्य समितिको नामावलीः
अध्यक्ष – संजीब सिङ्ग तामाङ,
उपाध्यक्ष – रबिन्द्र योञ्जन लामा
सचिब–लोक बहादुर तामाङ,
कोषाध्यक्ष – मान बहादुर तामाङ,
सह(कोषाध्यक्ष– शान्ति तामाङ,

कार्यसमिति सदस्यहरु 

सन्तोष तामा तामाङ,
मनमाया गोले,
आशिष लामा तामाङ,
बिजय तामाङ,
कमल थिङ तामाङ,
सबिता तामाङ
अच्युत लामा तामाङ,
अनिल मार्पा तामाङ,

सदस्य तथा संचार विभागीय प्रमुख – प्रकाश थिङ्ग तामाङ

ललितपुर जिल्ला सदस्यहरु 

श्याम बहादुर योञ्जन तामाङ,
अन्जना लामा तामाङ,
प्रेम ढिम्डुङ्ग तामाङ,
राज लामा तामाङ,
रोज लामा तामाङ,
मिलन तामाङ,
जयराम लामा तामाङ,
युना लामा तामाङ

तस्बिरहरु हेर्नुहोस तस्बिर . स्रोत : Vision n Vibes Creation

 


भिडियो हेर्नुहोस ।।


More

View All

News

Health

Sports