
www.hyonjanherbal.com

काठमाडौं। गोदावरीदेखि फुल्चोकी डाँडासम्म गोदावरी पदयात्रा गोदावरी जिसिसले सम्पन्न गरेको छ । गोदावरी पदयात्रको कार्यक्रम प्रमुख अतिथि राज घिमिले वडा अध्यक्ष कार्यक्रमको उदघटन गर्दै कार्यक्रमलाइ सफलताको शुभकामना समेत दिएका थिए । कार्यक्रममा जेसीजका सस्थापक अध्यक्ष श्याम पहाडी, सन २००६ का अध्यक्ष रमेशमान शाक्य र सन २०१३ का अध्यक्ष आनन्द अधिकारी सहित लगभग १०० औं जनाले गोदावरी पदयात्रा २०२४ मा सहभागि जनाएका थिए ।
पर्यटन प्रवर्धन तथा आनाथ बाल–बालिकाहरुको सहयोगार्थ गोदावरी जेसीजद्वारा आयोजीत गोदावरी पदयात्रा कार्यक्रममा गोदावरी जेसीज वर्ष २०२४ का अध्यक्ष लोक बहादुर ब्लोन तामाङले प्रमुख अथिति लगायत सबै सहभागिहरुलाई मायाको चिनो प्रधान गरी कृतज्ञता प्रधान गरेका थिए ।

www.hyonjanherbal.com

उक्त पदयात्रा कार्यक्रमको विषेश संयोजक हरिगोबिन्द महर्जानले गरेका थिए । ‘यति सम्मको लामो यात्रा त जीवनमा पहिलो चोटी गरेको त्यो पनि ८ घण्टाको यात्रा अनि ललितपुरको गोदावरी र फुल्चोकी डाँडा पहिलो पटक अवलोकनमा आएको पदयात्रामा सहभागि कृतिका मगर भनिन्’ । ‘खुशी आनन्द ले गोडा दुखेको पत्तै पाएन’ उनले भनिन् ।
कार्यक्रम बिहान ७ः३० बजे सुरुवात भएर बेलुका ५ बजे पदयात्रा समापन भएको गोदावरी जिसिसका वर्तमान अध्यक्ष लोक बहादुर ब्लोन तामाङले जनाकारी दिए । पदयात्रामा गोदावरीका स्थानीय बसिन्दा मात्रै नभएर विभिन्न जिल्लाका पदयात्रीहरु आउने भएकाले पर्यटन प्रवर्दनमा पनि विशेष खालको सुचना प्रवाह भएको जेसीजको कार्यकारी उपाध्यक्ष शुभद्रा महर्जनको भनाई थियो ।
पुरा भिडियो हेर्नुस :

www.hyonjanherbal.com