सांगे छोईङ (पुजा) काठमाण्डौ ||
बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रद्वारा आयोजित छ्योठुल दुइछेन अर्थात ऋद्धि प्रतिहार्य दिवसको अवसरमा २०८१ चैत १ गते शुक्रवारको दिन बागमती गा.पा. स्थित भट्टेडाँडा वडा नम्बर–३ तीनपाने राडर डाँडाको पिकनिक पार्कमा श्रद्धेय धर्म गुरू जेचुन साङ्गे खाण्डो रिन्पोछे ज्युको उपस्थितिमा सामूहिक टाप्चे सहितको शरण गमनको शिल प्रदान तथा पाँचौं छेथर महापूजा भएको छ ।
छेथरलाई प्राणदान अर्थात् जीवनदानको रूपमा लिने गरिन्छ । कुनै पनि पशुपङ्क्षीलाई छेथर गरिएमा भिक्षुले शील पालना गरे जति मात्रामा पुण्यलाभ हुन्छ भनी विभिन्न शास्त्रहरूमा उल्लेख गरिएका छन् । खसी, बोका वा बाख्रा लगायत कुनै पनि एक प्राणीलाई छेथर गरी स्वतन्त्र पारिएमा सात जुनीसम्म दुर्गतिमा पतन हुनबाट मुक्ति मिल्नेछ भनी उल्लेख गरिएका पाइन्छन् । यस्तैगरी अज्ञानतावश एक सय जना व्यक्ति वा एक सय घोडाको हत्या गरेको व्यक्तिले नै एकै पटक मात्रै छेथर गरेछ भने पनि उक्त महापापको भारबाट मुक्ति पाउने विश्वास रहेको छ । कसैले जीवनमा १३ पटकसम्म छेथर गरेमा १० औँ हजार कल्पसम्म गरेका पापहरू समेत शोधन भएर जानेछन् । त्यसैगरी कुनै व्यक्तिको आयु समाप्त भई मृत्यु निश्चित भएको छ भने पनि उसको नाममा १३ पटकसम्म छेथर गरिए कम्तिमा ३ वर्षसम्म आयु लम्बिन्छ भनिएको छ । छेथरको लागि कुनै निश्चित समय तोकिए छैन । त्यसैले अनुकूल समयमा गर्न सकिन्छ । यद्यपि अष्टमी, दशमी, पूर्णिमा र औँसी तिथिमा छेथर गरिए अत्याधिक लाभ हुनेछ । उल्लेखित तिथिहरूमा छेथर गरिए अन्य दिनका तुलनामा लाखौँ गुणा धेरै लाभ हुने बताइएका छन् । छेथर कुनै निश्चित पशुपङ्क्षीलाई मात्र गर्नुपर्छ भनी किटान गरिएको छैन तर कुनै प्रयोजनका लागि मारिने अन्तिम अवस्थामा रहेका प्राणीलाई खरिद गरी छेथर गरिएमा अपार पुण्य मिल्नेछ भनी उल्लेख गरिएका छन् । छेथर गर्दा लामागुरुद्वारा आयुसूत्र र आयु धारणीमन्त्र लगायतका पाठ गर्नुपर्दछ । छेथर गरी स्वतन्त्र छोडिएका पशुपङ्क्षीलाई कसैले हत्या गर्नुहुँदैन । यदि कसैले मारेर मासुको रूपमा खाएछ भने एक सय जना व्यक्तिका हत्या गरे बराबर पापको भागीदार हुनुपर्ने र अनेकौँ प्रकारका दोषहरू समेत भोग्नुपर्नेछ भनी उल्लेख गरेका देखिन्छन् ।
उक्त कार्यक्रममा बोल्दै बागमती गाउपलिका प्रमुख बिर बहादुर लोप्चनले आगामी दिनमा आफनो गाउँपालिकाले बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रले गरेका हरेक कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले आफ्नो क्षेत्रमा आएर भव्यताका साथ धार्मिक कार्यक्रको आयोजना गनेकोमा खुशि हुँदै धन्यवाद समेत व्यक्त गरे । त्यस्तै कन्ज्योसोम गाउपलिका वडा न ३ का अध्यक्ष तिलक बोम्जन उपस्थिति रहेको थियो । कार्यक्रममा सिन्धुपाल्चोक, सिन्धुली, काठमान्डौ, सोलुखुम्बु, मकवानपुर, भक्तपुर, नेपालगज र ललितपुर ( खोर्सनीबारी, तीनपाने , लप्से, कोटडाडा, टोकलामास, गोदावरी, चापागाउ, बुरुन्चुली (तौसुर), देवीचौर, घुसेल , देउराली तथा राडर आसपासका भक्तजनहरूको उत्साहपुर्ण उपस्थिती रहेको थियो । कार्यक्रम भब्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि आर्थिक , भौतिक तथा नैतिक रुपमा समर्थन सहित सहयोग गर्ने सम्पुर्णमा आयोजक बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्र परिवार हार्दिक आभार सहित धन्यवाद दिंदै कार्यक्र समापन गरिएको थियो ।
ग्याष्ट्रिकबाट सधैका लागि मुक्ति पाउनुहोस ।। ह्योञ्जन हर्बल चिया पिऊ सधै स्वस्थ रहनुहोस् ।





