×

Vajra NTV

छिमेकी मार्ट लिमिटेडको १३ औ बार्षिक साधारण सभा सम्पन्न | भिडियो सहित


काठमाडौं । सन् २०१२ मा स्थापना गरिएको छिमेकी मार्ट लिमिटेडको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा मार्टका शेयर सदस्य कुमार मोक्तान तामाङगले स्वागत मन्तव्य राखेका थिए । नेपाल प्रवासी तामाङ्ग समाज कतारमा आवद्ध सदस्यहरु सुनौलो भविष्यको कल्पना गर्दै प्रवासको भूमिमा रहेर विदेशमा आर्जेको रकमको केहि अंश जम्मा गरेर नेपालमा केहि ब्यापार सुरुवात गर्नुपर्छ भन्ने हेतुले छिमेकी मार्ट सन्चालन गरेको शेयर सदस्य तामाङले बताए ।

प्रवासबाट फर्के पछि स्वरोजगार हुन र विदेश पलायन हुने युवाहरुको संख्यालाई केहि मात्रामा भएपनि कम गने उदेश्यले आज भन्दा १३ वर्ष अघि छिमेकी मार्टको सुरुवात गरिएको तामाङको बताउछन् ।

त्यस्तै खाने, पिउने डम्फु बजाएर नाच्ने काममा तामाङ्गहरु अगाडि भएपनि बचत गर्ने कुरामा चाही पछाडी रहेको अर्का शेयर सदस्य दिल दोर्जे लामा बताउ छन् । उनले भने – “खाने, पिउने डम्फु बजाएर नाच्ने काममा हामी तामाङ्गहरु अगाडि भएपनि बचतमा पछाडी नै छौ, तामाङ्गहरुले हरेक कार्यहरुमा अनावश्यक खर्च गर्छन, आर्थिक रुपमा सबल हुनका लागि बचत अवश्यक छ भनि बचत सुरु गरिएकै उपज हो यो छिमेकि मार्ट ।”

 

त्यसैगरी उक्त सभामा मार्टका अध्यक्ष नर बहादुर घिसिङ्ग तामाङले मार्ट सथापना कालदेखि हालसम्मको उतार–चढाव सहित छिमेकी मार्टले हासिल गरेको सफलता र प्रगति विवरणहरुलाई भिडियो सहित प्रस्तुत गरे। उनले भने– “कुनै पनि काम सुरुवातमा शुन्यबाट सुरु हुन्छ र बाटोमा धेरै उत्तार–चडाव हुन्छ, तेसमा नआत्तिकन अगाडी बढ्नु पर्छ हामी एक दिन अवश्य साफल हुन्छौ ।”

पुरा भिडियो हेर्नुहोस


More

View All

News

Health

Sports