×

Vajra NTV

निर्माता कमल योञ्जन र निर्देशक आयुश लामाको सावित्री (LIFE OK HD) लाईफ ओके टेलिभिजनमा


 

आयुश लामाको लेखन/निर्देशन र कमल योञ्जन तामाङको निर्माण रहेको नेपाली नारी प्रधान टेलिचलचित्र सावित्री चेलीको कथा सिजन २ भाग १ गत शुक्रबार देखि लाईफ ओके टेलिभिजनबाट प्रशारण हुन थालेको छ । यस अघि सिजन १ मा भाग १३ सम्म PYT ROMANTIC NEPAL नामक युट्युब च्यानलबाट आईरहेको सावित्री हाल टेलिभिजनमा बेलुकी ७:३० बजे र राति ८:०० बजे सोहि युट्युब च्यानलबाट नै आउने निर्माता बताउछन।

सावित्री चेलीको कथामा अनिता श्रेष्ठ , हरिशरण गिरि, आयुश लामा, उमेश खत्री, सोहन तामाङ, राम कुमार तामाङ, सितराम खड्का, सन्तोषी थापा, श्री मगर, अजुद कुनवार, गोबर्धन के.सी., भरत सिर्पाली , रिता भण्डारी आदि कलाकारहरुको अभिनय हेर्न पाईने छ।

ह्योञ्जन ब्रोडकास्टिङ प्रा.लि. को ब्यानर तथा पोष्ट प्रोडक्सन, तेम्बा थामीको छायांकन, पुजा शाही, सबिना मगरको सह-निर्माण रहेको छ |

 

भिडियो पुरा यहा बाट हेर्नुहोस्


More

View All

News

Health

Sports