×

Vajra NTV

यौन हिंसाको कानुन बनाउँदा पुरुष पनि पीडित छन् भन्ने भुल्नु हुँदैन– गंगा चौधरी


काठमाडौं । जेठ २३ गते
सांसदहरूले यौन हिंसा घटनामा दोषी उम्कन नहुने र निर्दोषले सजाय भोग्ने अवस्था सृजना नहुने गरी कानुन बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी भएका सांसदहरुले पीडक उम्कन नपाउने गरी हदम्याद राखिनुपर्ने र पुरुष पनि पीडित बनेका घटनालाई मध्यनजर गरेर कानुन बनाउनुपर्ने सुझाव दिएका हुन् ।

यसैक्रममा गंगा चौधरीले महिला वा पुरुष जोसुकै दोषी भए पनि कारबाही हुने गरी कानुन बनाउनुपर्ने बताइन् । पुरुषका लागि पनि सांसलले आजाज उठाउनु पर्ने बताएकी उनले महिलाको मात्र होइन पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्ने बताइन् ।

पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्ने बताएकी उनले भनिन्, ‘पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन ।’ निर्देष पुरुष नफस्ने गरी कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने विषयमा ख्याल गर्नुपर्ने बताएकी उनले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने बताइन् ।

मन मिलेसम्म लभ र नमिले बलात्कारको आरोप लगाएर जेल हालेको सदनमै पूर्वसभामुखको घटना हेरेको भन्दै उनले भनिन्, ‘मन मिलेसम्म ’लभ’ र नमिलेपछि ’रेप’को संज्ञा दिने ? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’ आफूलाई महिलाको विरुद्धमा बोलेको आरोप नलगाउनन आग्रह गर्दै उनले आफू सांसद रहेको र देशका लागि कानुन बनाउँदा सबै पक्षको ख्याल गरिनुपर्ने बताइन् ।


More

View All

News

Health

Sports