काठमाडौं । मंसिर २३ गते
भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा २५ र २६ मंसिरमा बस्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकमा बिभिन्न १५ एजेण्डामा छलफल गरिने छ । केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार विभिन्न १५ एजेण्डामा बैठकमा छलफल हुने बतानु भएको छ ।

शपथग्रहण गर्न बाँकी केन्द्रीय सदस्यलाई शपथग्रहण गराउने, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी गठन, पोलिटव्युरो कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, नेताका जिम्मेवारी विभाजन, प्रदेशमा रिक्त पदाधिकारी मनोनयन केन्द्रीय कमिटीबाट हुने छन् ।