काठमाडौं । मंसिर २३ गते
आज नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले अवधारणापत्र सार्वजनिक गर्दै हुनुहुन्छ ।

थापाको सचिवालयका अनुसार उहाँले आज दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपाल सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेको हो ।
समुन्नत नेपाल सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रूपान्तरणका लागि आफ्नो अवधारणा सार्वजनिक गर्न लागेको थापाको भनाई छ । शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँनुहुने भएको छ ।