काठमाडौं । पुष १ गते
नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने नेपाली कांग्रेसका नेता एवम् रक्षामन्त्री डा.मिनेन्द्र रिजालले बताउनु भएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले आज बुधवार आयोजना गर्नुभएको प्रतिनिधिहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
उहाँले अब कांग्रेसको अनुहार कस्तो हुन्छ भन्ने महत्त्वपूर्ण हुने बताउनुभयो । मन्त्री रिजालले डा। कोइरालाको टिमबाट कांग्रेसमा सङ्ख्यामा भाग नखोज्ने बरु विचारमा प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।