काठमाडौं । पुष ५ गते
डा. एन्थोनी फाउचीले क्रिसमसका लागि हुने यात्राले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र पार्ने चेतावनी दिएका छन् ।खोपको पूर्ण मात्रा लगाएकाहरुमा पनि संक्रमण क्रिसमसको समयमा संक्रमण बढ्ने जोखिम रहेको संक्रामक रोक विशेषज्ञ डा.फाउचीले बताएका हुन् ।

५० भन्दा बढी उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोन निकै संक्रमक रहेको प्रारम्भीक तथ्यहरुले देखाएका छन् । संक्रमण रोक्नका लागि विभिन्न देशहरुले प्रतिबन्धात्मक नियम कडा पारेका छन् ।युरोपमा फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन्, नेदरल्याण्ड्सले कडा लकडाउन लागु गरेको छ ।