काठमाडौं । पुष ७ गते
आफ्नो पार्टीको सरकार बन्यो भने जातीयताको आधारमा जनगणना गराउने भारतीय समाजवादी पार्टीका प्रमुख तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अलिलेश यादवले बताउनु भएको छ। लामो समयदेखि जातको आधारमा जनगणनाको माग गरिरहेको समाजवादीको सरकार बनेमा सोही अनुरुप काम गर्ने यादवको दावी छ।

यसका साथै अन्य विभिन्न पार्टीले पनि जातीयताको आधारमा जनगणना हुनेपर्ने माग राख्दै आएका छन्। तर, केन्द्र तथा उत्तर प्रदेशको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीले भने यसको विरोध गर्दै आएको छ ।
यादवले समाजवादी पार्टीको सरकार बनेको तीन महिनाभित्र जातजातीको जनगणना गराउने बताउनु भएको छ । भारतमा जातीयताको आधारमा जनगणना भयो भने सरकारी जागिर तथा शिक्षण संस्थामा पिछडिएका जातीका लागि कोटा बढाउन सकिने समाजवादीसँगै अन्य पार्टीहरू पनि धारणा छ ।