काठमाडौं । पुष ७ गते
एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाएको भन्दै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आक्रोश व्यक्त गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा चलेको एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भन्दै आक्रोस पोख्नु भएको हो ।

सभामुख अग्नी सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लामो समयदेखि संसद चल्न दिएको छैन। मंगलबार पनि एमालेले नाराबाजी गर्दै संसद् अवरुद्ध गरेको थियो। भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएको छ,‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास होरु के यही हो उसको जबजरु’, नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाँच्छरु बढी उफ्रँदा आफ्ने धोती फुस्कन्छ है१’।