काठमाडौं । पुष ८ गते
सरकार आबद्ध संयुक्त विद्यार्थी संगठनले करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै आन्दोलनलाई थप कडा पार्ने निर्णय गरेका छन् ।

६ विद्यार्थी संगठनले शुक्रबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा गरेका छन् ।संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले त्रिवि सभाको मंसिर १४ गतेको बैठकले गरेको निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हो ।
संयुक्त विद्यार्थी संगठनले हिजो बुधबार त्रिविको घडी भवन सरसफाइ गर्दै शिक्षाध्यक्ष रजिस्ट्रारको मूल ढोकामा तालाबन्दी गरेका छन् । ती संगठनले बुधबार त्रिवि पदाधिकारीको पुतला दहन र त्रिवि सभा सदस्यलाई स्पष्टीकरण सोधेका छन् ।
त्यस्तै, त्रिवि परिसरमा चारपाङ्ग्रे सवारीसाधन चल्न नदिने, शुक्रबार त्रिवि क्याम्पस बन्द गर्ने र ११ गते त्रिवि परिसरमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम घोषणा गरेका छन् ।