काठमाडौं । पुष १२ गते
छिमेकी मुलुक भारतमा कोभिड संक्रमण फेरि तिब्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू जारी गरिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो।यसअघि छिमेकी राज्य उत्तर प्रदेश र हरियाणामा शनिबारदेखि नै रात्रीकालिन कर्फ्यू लागिसकेको छ।कर्फ्यू लागेसँगै अत्यावश्यक सेवाहरू प्रभावित नहुने र स्वास्थ्य सुरक्षालाई ध्यान दिइने राज्य सरकारले भनेको छ।
राति ११ बजेपछि बजार, पसल, तथा मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ। अन्य समयमा मास्क लगाएर हिँड्ने तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन्। दिल्लीमा आइतबार कोरोनाका थप २९० संक्रमित भेटिएका छन्। यो सँगै दिल्लीमा सक्रिय संक्रमितको संख्या ११०३ पुगेको छ।