काठमाडौं । पुष १६ गते
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ। आज माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’ले आफूले पेश गरेको राजनीतिक प्रतिवेनमाथि उठेको प्रश्नको जफाव दिँदै छन् । महाधिवेशन यही पुस ११ देखि प्रज्ञा प्रतिस्ठान कमलादीमा जारी छ ।

महाधिवेशनस्थल कमलादीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आज दिउँसो १ बजेबाट बन्द सत्र सुरु हुनेछ । बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगमा प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ । त्यपछि अध्यक्ष प्रचण्डले आफूले पेश गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ माथि उठेको प्रश्नको उवाफ दिने छन् ।
बुधबार र बिहीबार अध्यक्ष प्रचण्डबाट प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएका समूहगत छलफलका निष्कर्षहरु प्रस्तुति भएको थियो ।
उक्त प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल गर्ने र समूह नेताहरूले छलफलको निष्कर्ष सुनाइएको थियो । बुधबार ११ र बिहीबार १४ वटा समूहका नेताले आआफ्नो समूहको निष्कर्ष सुनाएका थिए ।