काठमाडौं । पुष २० गते
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था सहित संविधान संशोधनको लागि नेकपा (माओवादी केन्द्र)को महाधिवेशनले आग्रह गरेको छ।पुस ११ गते देखि १८ गतेसम्म सम्पन्न महाधिवेशन मार्फत् पारित समसामयिक प्रस्तावमा संविधानको सर्वस्वीकार्यताका लागि पनि संविधान संशोधनको माग गरेको छ।

संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धीहरूलाई उल्टाउने प्रतिगामी हर्कतप्रति सचेत रहँदै संविधान निर्माणका बखत पार्टीद्वारा प्रस्तुत गरिएका प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायत असहमतिका बुँदाहरूलाई यथोचित सम्वोधन गरी संविधानको सर्वस्वीकार्यता र प्रभावकारी कार्यान्वयनका निम्ति महाधिवेशनले आग्रह गरेको छ ।