काठमाडौं । पुष २५ गते
शनिबार राति सम्पन्न खेलमा लेस्टर सिटीले एफए कपको तेस्रो चरणमा सहज जित निकालेको छ। लेस्टरले वाट्फोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।घरेलु मैदानमा युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। खेलको २५ औं मिनेटमा जेम्स म्याडीसनले गोल गर्दै लेस्टरलाई २–० को स्थितिमा पुर्याए।

२७ औं मिनेटमा पेड्रोले गोल गर्दै वाट्फोर्डलाई २–१ को स्थितिमा ल्याएका थिए ।खेलको ५४ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई ३–१ को अग्रता दिलाए। त्यसपछि खेलको ८५ औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई ४–१ को जित दिलाएका थिए ।एफए कपअन्तर्गत शनिबार नै भएको खेलमा क्रिस्टल प्यालेसले मिलवाललाई २–१ ले हराएको छ। न्युकासल युनाइटेड भने क्याम्ब्रिज युनाइटेडसँग १–० ले पराजित भएको छ।