काठमाडौं । पुष २६ गते
एउटा विशाल चट्टानको टुक्रा भत्किएर डुंगामाथि खस्दा ब्राजिलको मिनस ग्यारेस राज्यमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन्।दुर्घटनामा परी ९ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाका घाइतेको उपचार भइरहेको छ।

पर्यटक सवार डुङ्गामाथि पहाड खसेको भिडिओ पछिल्लो समय भाइरल भइरहेको छ।फर्नास लेकमा पर्यटकहरूले नौका सवारीको मजा लिइरहेको बेला चट्टानको एक भाग टुक्रिएर नौकाहरुमाथि खसेको भिडियोमा देख्न सकिन्छ। स्थानीय समयअनुसार यो दुर्घटना शनिबार बिहान करिब ११ बजे भएको हो।