काठमाडौं । माघ ८ गते
पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गर्नु भएको छ ।पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आईतबार पार्टी अध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताउनु भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायत विषयमा एमालेले पत्रकार सम्मेलनमार्फत् आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्न लाग्नु भएको हो ।
नेकपा एमालेले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राख्दै आएको छ।तर, सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाखमा पहिले संघीय निर्वाचन गर्नुपर्ने र त्यसपछि अन्य निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि त्यसले राजनीतिक वृतमा तरंग ल्याएको छ।