काठमाडौं । माघ २७ गते
गत आर्थिक वर्षको मुनाफाबाट लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। इन्स्योरेन्स सञ्चालक समितिको बुधबार बसेको बैठकले ९.५२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।