काठमाडौंं । फागुन २१ गते
सामाजिक सञ्जाल फेसबुकमाथि रुस सरकारले प्रतिबन्ध लगाउने भएको छ । युक्रेन र रुसबीच जारी युद्धको विषयलाई लिएर फेसबुकले रुसी सरकारी सञ्चारमाध्यमको पहुँच (रिच) सीमित गरेपछि जवाफमा रुसले यस्तो कदम चालेको हो ।रुसको इन्टरनेट नियमन गर्ने निकायले रुसी मिडियामाथि विभेद गरेको भन्दै फेसबुकमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको उल्लेख छ ।

पछिल्ला केही दिनमा सामाजिक सञ्जाल फेसबुकमा जेडटिभी, आरआईए न्युज एजेन्सी, स्पुतनिक, रसिया टुडे लगायतका सञ्चार माध्यमलाई उनीहरूको अकाउन्टमै प्रतिबन्ध लगाएको छ,’ नियामकले भनेको छ ।‘यो प्रतिबन्ध सरकारी कानूनको उल्लङ्घन हो । साथै सूचनामा सबैको समान अधिकारलाई पनि यसले वाधा पुर्याएको छ ।’ रुसी नियामकको यो निर्णय मेटाका विश्व मामिला विभागका अध्यक्ष निक क्लेजले ट्वीटमार्फत सार्वजनिक गरेका हुन् ।