×

Vajra NTV

आफ्नो देशमा सैन्य कानुन लागु गर्ने कुनै योजना नरहेको रुसी राष्ट्रपति पुटिनको भनाई


काठमाडौं । फागुन २२ गते
आफ्नो देशमा सैन्य कानुन लागु गर्ने कुनै योजना नरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। राष्ट्रिय टेलिभिजनमा देखाइएको एरोफ्लट विमान सेवाका कर्मचारीहरूसँग भेटघाटमा पुटिनले आफ्ना कदमहरू ‘सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका आधारमा’ मात्र चालिने बताए।“तर हामीसँग त्यस्तो अवस्था छैन र त्यस्तो अवस्था आउने समेत छैन,” उनले भने।

यसअघि पुटिनले सैन्य कानुन लागु गर्न लागेको भन्ने चर्चाहरू सुरु भएका थिए। त्यस्तो अवस्थामा सामान्य नागरिक कानुनहरू निलम्बित हुन्छन् वा सरकारी कामकारबाहीमा सैनिकहरू संलग्न हुन्छन्।उनले ‘ठूलो आकारको बाह्य त्रास’ भएमा प्रयोग गर्न सकिने अन्य आपत्कालीन उपायहरू रहेको बताए। तर तिनको समेत प्रयोग गर्ने कुनै योजना नभएको बताए। र, उनले युक्रेनमाथि ‘नो फ्लाई जोन’ लागु गर्ने जुनसुकै देश युक्रेन युद्धमा सहभागी भएको रूपमा हेरिने समेत बताए।


More

View All

News

Health

Sports