×

Vajra NTV

नेटोसहित अन्य मुलुक रुस–युक्रेन युद्धमा सहभागी भए चीन पनि पछि नहट्ने


काठमाडौं । फागुन २२ गते
रुस–युक्रेन युद्धको समाधान वार्ता र छलफल नै भएको चीनले जनाएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले दुवै देशलाई वार्तामा जोड दिन पनि सुझाएको छ।यस्तै उनले अमेरिकी राज्य सचिव एन्थोनी ब्लिनकेनलाई बेइजिङले आगोमा घ्यू थप्ने जुनसुकै कामको विरोध गर्ने पनि प्रष्ट पारेका छन्।यी दुई अधिकारीबीच यो दुई सातामा भएको दोस्रो फोन संवाद हो।

यो सँगै नेटोसहित अन्य मुलुक रुस–युक्रेन युद्धमा सहभागी भए चीन पनि पछि नहट्ने सन्देश दिइएको छ।यस्तै विदेशमन्त्री वाङले अमेरिका, नेटो र युरोपियन युनियनलाई रुससँग निष्पक्ष संवाद गर्न पनि सुझाएका छन्। साथै पूर्वी युरोपमा नेटोको विस्तारले मस्कोलाई पर्ने सुरक्षा चुनौतीको विषयलाई पनि स्वीकार गर्न आग्रह गरेका छन्। हालसम्म चीनले रुसको कदमको विरोध गरेको छैन। ऊ मस्कोसँग सैन्य र रणनीतिक साझेदारी कायम राख्न चाहन्छ।


More

View All

News

Health

Sports