काठमाडौं । फागुन २४ गते
आफूहरुको चाहना दुई देश (युक्रेन र रुस) का राष्ट्रपतिबीच सीधा वार्ता रहेको युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले बताएका छन् ।राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सीधा वार्ता हुनु पर्ने युक्रेनी विदेशमन्त्री कुलेबाले बताएका हुन् ।युक्रेनमाथि आक्रमणको आदेश दिने पुटिन नै रहेकाले उनैसँग जेलेन्स्कीको सीधा वार्ता हुनु पर्ने कुलेबाको भनाइ छ ।

विदेशमन्त्री कुलेबाले भनेका छन्, ‘हामी लामो हाम्रा राष्ट्रपति र भ्लादिमिर पुटिनबीच वार्ता होस् भन्ने चाहन्छौँ । हामी सबैलाई थाहा छ कि रुसमा अन्तिम निर्णय गर्ने नै पुटिन हुन् ।‘हाम्रो राष्ट्रपति कुनै पनि कुरासँग डराउनु हुँदैन, पुटिनसँगको सीधा वार्तासँग डराउनु हुँदैन’, उनले भनेका छन्, ‘यदी पुटिन पनि डराउँदैनन् भने उनलाई आउन देउ, वार्तामा बस्न देउ ।’