×

Vajra NTV

खप्तड गोल्डकपमा उपाधिका लागि आज मनाङ र फ्रेन्ड्स भिड्दै


काठमाडौं । फागुन २८ गते
आज सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ ।प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।धनगढी रंगशालामा हुने फाइनलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल ३ बजेपछि सुरु हुनेछ ।आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताएका छन् ।विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन् ।पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४(२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो ।


More

View All

News

Health

Sports