×

Vajra NTV

इटालियन सिरी ए फुटबलमा साम्पडोरियामाथि युभेन्ट्सको सहज जित


काठमाडौं । फागुन २९ गते
युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ ।गएराति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।खेलको २३ औं मिनेटमा माया योशिधाले आत्मघाती गोल गरेपछि युभेन्ट्सले सुरुआती अग्रता बनाएको थियो ।३४ औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता २–० को बनाएका थिए ।

खेलको ७४ औं मिनेटमा साम्पडोरियाका कान्ड्रेभाले पेनाल्टीमा गोल गर्न सकेनन् ।तर, ८४ औं मिनेटमा साम्पडोरियाका साबिरीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याएका थिए ।त्यसपछि खेलको ८८ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–१ को जित दिलाएका थिए ।जितसँगै युभेन्ट्सले २९ खेलमा ५६ अंक जोडेको छ भने युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।साम्पडोरिया २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।


More

View All

News

Health

Sports