×

Vajra NTV

साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै


काठमाडौं । चैत १ गते
आजबाट साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल भारतको जमसेदपुरमा सुरु हुँदैछ ।यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७.१५ बजे सुरु हुनेछ ।नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ ।

तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।

 


More

View All

News

Health

Sports