×

Vajra NTV

रुसँगको शान्ति वार्ता चौथो चरणमा प्रवेश गरेको र आज टर्कीमा वार्ता हुने जेलेन्स्कीको भनाई


काठमाडौं । चैत १ गते
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसँगको शान्ति वार्ता चौथो चरणमा प्रवेश गरेको र मंगलबार टर्कीमा वार्ता हुने बताएका छन् ।सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो नियमित भिडियो सन्देश सार्वजनिक गर्दै जेलेन्स्कीले ‘वार्ता सकारात्मक’ भइरहेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गरेका छन् ।‘तर के हुन्छ हेरौँ । वार्ता फेरि जारी रहने छ’, स्थानीय समय अनुसार सोमबार राति पोस्ट गरेको भिडियो सन्देशमा उनले भनेका हुन् ।

सोमबार लुहान्स्क र किएभ क्षेत्रबाट तीन हजार ८०६ जनालाई सुरक्षित स्थानमा जानका लागि युक्रेनी सुरक्षाकर्मीले सहयोग गरेको उनले बताएका छन् ।रुसी सैनिकको घेराबन्दीमा रहेको मारिपोल शहरका लागि पठाइएको १०० टन अत्यावश्यक सामग्रीसहितका सवारीहरु बिचमै रोकिएका छन् ।सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकहरु युक्रेनको प्रतिरक्षालाई देखेर ‘अलमल’ मा परेको बताएका छन् । उनीहरुको अपेक्षा विपरित युक्रेनले प्रतिरक्षा गरिरहेको जेलेन्स्कीले बताए ।


More

View All

News

Health

Sports