×

Vajra NTV

कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत २ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज समाजसेवामा मन लाग्ने योग रहेको छ भने आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने तथा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाइलो यात्रा पनि हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइनुका साथै सामाजिक र धार्मिक यात्राको योग पनि छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग रहेको छ भने अधुरो काम पूरा हुनुका साथै पुनर्मिलन हुने तथा बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट कार्य पुरा हुने तथा प्रेमीको सहयोग पाइनुका साथै विश्वास गरेकाले साथ र सहयोग गर्नेछन् ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सरकारी निकायको भय रहेको छ भने स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग रहेको छ भने तर साथीको साथ पनि पाइनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कार्यमा सफलता पाइने योग रहेको छ भने कुनै कुराले मनमा शान्ति छाउने तथा कूटनीतिक नियोगको सहयोग मिल्ला, तर साँझमा धन खर्च हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज पुनर्मिलनको योग रहेको छ भने आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नुका साथै राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने परोपकारमा रुचि बढ्ने तथा बन्धु बान्धवबाट सहयोग पनि मिल्नुका साथै शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने स्वास्थ्यमा समस्या आउने तथा प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम जीवन पनि ष्सुखमय हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज जोशजाँगर र हिम्मत बढ्ने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा सन्तान सुख मिल्नुका साथै इच्छा र आकाङ्क्षा पनि पूर्ण हुनसक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रमाइलो यात्राको योग रहेको छ भने मानसम्मान र प्रशंसा प्राप्त हुने तथा नयाँ कार्यको योजना बन्नुका साथै आँटेको र ताकेको कार्य पुरा होला ।


More

View All

News

Health

Sports