×

Vajra NTV

मिडल्सब्रगलाई हराउँदै चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश


काठमाडौं । चैत ६ गते
चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मिडल्सब्रगमाथि सहज जित निकाल्दै इंग्लिस क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो । मिडल्सब्रगलाई उसकै मैदानमा २–० ले हराएर चेल्सीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। गए राति सम्पन्न खेलमा चेल्सीको जितमा रोमेलु लुकाकु र हाकिम जियाचले गोल गरेका थिए।

खेलको १५औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो। उनले मासन माउन्टको पासमा गोल गरेका थिएका थिए।खेलको ३१औं मिनेटमा हाकिम जियाचले मासन माउन्टकै पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए भने दुवै टोलीबाट गोल निस्कन नसक्दा चेल्सीे विजेता बनेको थियो ।


More

View All

News

Health

Sports