×

Vajra NTV

साफ यू–१८ च्याम्पियनसिप फुटबलमा भारतविरुद्ध नेपालको फराकिलो हार


काठमाडौं । चैत ८ गते
भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल आयोजक भारतविरुद्ध पुनः पराजित भएको छ । जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ ले पराजित गर्यो। भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पूरा गर्दा हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे। नेपालका लागि सन्दीपा भोलानले एक गोल गरेकाी थिइन्।हेमामले १६ औं मिनेटमा भारतलाई सुरुआती अग्रता दिलाईन्।

लिन्डाले २३ औं मिनेटमा भारतको अग्रता दोब्बर बनाईन्। लिन्डाले ३८ औं मिनेटमा अर्को गोल थपिन्। ५६ औं मिनेटमा अनिता कुमारीले भारतका लागि चौथों गोल गरिन् ।लिन्डाले ६२ औं मिनेटमा ह्याट्रिक पुरा गरिन्। सन्दीपा भोलानले ७९ औं मिनेटमा नेपालका लागि गोल गरिन्।डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो खेलमा नेपाल ७–० ले पराजित भएको थियो। नेपालले अन्तिम खेल बंगलादेशविरुद्ध मार्च २३ मा खेल्नेछ।


More

View All

News

Health

Sports