×

Vajra NTV

आज नेपाले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डसँग खेल्दै


काठमाडौं । चैत १० गते
आज नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले चोनबरीमा घरेलु टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ५.४५ बजे सुरु हुनेछ ।थाइल्याण्डविरुद्ध म्मैदन उत्रदा नेपाल घरेलु टोलीलाई कडा टक्कर दिने योजनामा हुनेछ । यस अघिका दुई भेटमा भने नेपालविरुद्ध थाइल्याण्ड विजयी भएको थियो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफु भन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।एसियन कप छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।


More

View All

News

Health

Sports