×

Vajra NTV

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन हुँदै


काठमाडौं । चैत १८ गते
आज कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन हुँदैछ ।कतारको दोहामा एक कार्यक्रमका बीच समूह विभाजन गरिने फिफाले जनाएको छ । ड्रनेपाली समय अनुसार राति ९.४५ बजे सुरु हुनेछ ।विश्वकपका लागि २९ राष्ट्र छनोट भईसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ ।फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गर्नेछ ।कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।

विश्वकपमा छनोट भएका राष्ट्रहरु कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन, पोर्चुगल, मेक्सिको, नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे, स्विजरल्याण्ड, अमेरिका, क्रोएसिया,सेनेगल, इरान, जापान, मोरक्को, सर्बिया, पोल्याण्ड, दक्षिण कोरिया, ट्युनिसिया, क्यामरुन, क्यानडा, इक्वेडर, साउदी अरेबिया, घाना हुन ।


More

View All

News

Health

Sports