काठमाडौं । बैशाख ७ गते
लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको । १८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँँदै १६३ रनमा समेटियो ।लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ४२ रन बनाए ।

लोकेश राहुलले ३० रनको योगदान गरेका थिए ।बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिएका थिए ।यसअघि मुम्बईमा टस हारेर ब्याटिङ निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्यो ।बेंगलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई विकेट लिएका थिए ।जितपछी बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।लखनऊ ७ खेलमा ४ जित र ३ हारसहित चौथो स्थानमा छ ।