काठमाडौं । बैशाख ८ गते
बुधबार राति भएको सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्राइटनलाई ३–० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए ।खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाएका थिए ।त्यसपछि खेलको ८२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाएका थिए ।जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेको छ भने सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि रहेको छ ।ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।