×

Vajra NTV

नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता गर्ने


काठमाडौं । असार १ गते
धान दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघको सोमबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर खेलाडी खेतमा दुई दिन भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो ।

त्यस्तै महासंघले मंसिर १४ गते स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्समव आयोजना गर्ने भएको छ । महासंघले देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्लालेन्डर बनाउने भएको छ। उसले महासंघमा आवद्ध खेल संघहरुको बैठक राखेर यस्तो क्यालेन्डर बनाउन लागेको हो।


More

View All

News

Health

Sports