×

Vajra NTV

आज भारतले विविध कार्यक्रम गरी ७४ औं गणतन्त्र दिवस मनाउँदै


काठमाडौं माघ १२ गते । आज भारतले विविध कार्यक्रम गरी आफ्नो ७४ औं गणतन्त्र दिवस मनाउँदैछ। यसै अवसरमा राजधानी नयाँ दिल्लीस्थित कर्तव्यपथमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको छ। इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको कार्यक्रममा इजिप्टको सेनाले पनि परेड गर्नेछ।

सन् १९५० मा आजकै दिन (जनवरी २६) मा भारत गणतन्त्र घोषित भएको थियो। ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको भारतमा सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो।भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो।​त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ।


More

View All

News

Health

Sports