×

Vajra NTV

आज अमेरिकी उपमन्त्री नुल्याण्डले उच्चस्तरीय भेटवार्ता गर्दै


काठमाडौं माघ १६ गते । आज नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएकी छन्।उनले आज परराष्ट्रमन्त्री पौडेल, प्रधानमन्त्री दाहाल ,नेकपा एमालेका अध्यक्ष ओलीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटमा एमसीसी परियोजना कार्यान्वयनलगायतका विषयमा छलफल हुने बताइएको छ। राजनीतिक भेटघाटसँगै सांस्कृतिक सम्पदाको भ्रमण गर्ने जनाइएको छ। नुल्याण्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार अमेरिकाको राजधानी वाशिङटन डिसीबाट सिधै काठमाडौं आएकी थिइन्।गत मंसिर ४ को आम निर्वाचनबाट प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। उनले पाटन दरबार स्क्वायरको पनि भ्रमण गर्ने कार्यक्रम छ।


More

View All

News

Health

Sports