काठमाडौं माघ १६ गते । आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।मेयर साहले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

पछिल्लो समय महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो । आइतबार मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो ।गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ ।