काठमाडौं माघ १६ गते । नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको सभामुख देवराज घिमिरेले बताएका छन् ।आज सहिद दिवसका अवसरमा एक सन्देशमार्फत सभामुख घिमिरेले नेपालको लोकतन्त्र प्राप्तीका लागि प्राणको आहुति दिने चार सहिदप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले नेपाली जनताको अधिकार प्राप्तीको संघर्षमा चार सहिदहरूको योगदानको उच्च प्रशंसा गरेका छन् । सभामुख घिमिरेले शहिदहरुकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएको जिकिर गरेका छन् । मुलुकमा राजनीतिक संघर्षको समय सकिएर विकास र समृद्धिको समय आएको उनको भनाई छ । उनले ‘सुखी नेपाली समृद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमात्र सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।